नेपालको निजि वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजबाट पोखरा-भरतपुर नियमित उडान शुरु गरेको छ।
आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्यका साथ शुरु गरिएको उडानको पहिलो दिनमै यात्रुहरु बाट साथ पाएकाले थप हौसला मिलेको एयरलाइन्सले बताएको छ।
गुणले भोलिदेखि पोखरा-भैरहवा र शुक्रबारदेखि पोखरा-नेपालगन्ज अन्तर प्रदेश उडान समेत दैनिक रुपमा भर्ने भएको छ। यसबाट आन्तरिक पर्यटन प्रबर्द्धनलाई ठूलो मद्दत पुग्ने कम्पनीको विश्वास छ।
उडान पोखरा र भरतपुर जोड्ने पुलका रुपमा हुने हुँदा यात्रुलाई सहज पुग्ने अपेक्षा एयरलाइन्सको छ।
आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र बेलायती पाँच जेट्स्ट्रीमसहित कुल सात विमानबाट उडान गर्ने क्रममा गुण एयरलाइन्सले यसअघि काठमाडौबाट भरतपुर, पोखरा , तुम्लिङटार भैरहवा नेपालगन्ज विराटनगर सिमरा र जनकपुरमा भने नियमित उडान गरिरहेको छ।
गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार थप अन्य गन्तव्य सुर्खेत र भद्रपुर को लागि केही समयमै उडान भर्नेगरि तयारी गरिएको छ।
यात्रुहरु लाई सुरक्षित र भरपर्दो हवाइ सेवा सुबिधा दिन कुनै कसर बाकी नराख्ने र गुणस्तरिय हवाइ सेवा दिन त्यसै अनुसार उडानहरु थप गर्दै आन्तरिक हवाइ बजारमा आफुहरु पनि उच्च स्तरको सेवा दिदै उडान गरिरहेको थापा बाताउँछन्।