खुकुरी रमको नयाँ प्याकेजिङको आकर्षक स्वरुपले रम पारखीहरुको ध्यान तान्न थालेको छ।
अन्तर्राष्ट्रियस्तरको स्वरुपमा तयार भएको नयाँ प्याकेजिङको विषयमा उत्साहजनक प्रतिक्रियाहरु आइरहेको रमका बिक्रेताहरुले बताएका छन्।
रम पारखीहरुमा खुकुरीको नयाँ र आकर्षक प्याकेजिङमा समेटिएका मुख्य विशेषताहरुको विषयमा समेत कौतुहलता देखिएको छ। नयाँ प्याकेजिङमा नेपालको मौलिकताबाट प्रेरित भएर केही नवीन र पृथक विशेषताहरु थपिएका छन्।
द नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभास लामिछानेकाअनुसार रमको नयाँ बोटलको बिर्को समात्दा नेपाली वीरताको प्रतिक खुकुरीको बिँड समातेको भान हुन्छ। यो बिर्को पुनः प्रयोग गर्न नसकिने गरी तयार गरिएको छ।
यस्तै, खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्क समेत तयार गरिएको छ। यसले हाल चल्तीमा रहेको लोगोको सारलाई समेट्दै नेपालीहरुको सरल तथा दृढ स्वभावलाई दर्शाउने लामिछाने बताउँछन्।
रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीहरुको शक्तिको प्रतिक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाउने उनले बताए।
यस्तै, स्वदेशी नेपाली मास्टर ब्लेन्डरको हस्ताक्षरयुक्त यो प्याकेजिङले स्वदेशी तथा विदेशी उपभोक्ताहरुलाई सत्प्रतिशत नेपाली मौलिकता तथा गुणस्तरको विश्वास समेत दिलाउने उनको तर्क छ ।
खुकुरीले नेपालीहरुको शक्ति, दृढता तथा वीरतालाई दर्शाउने र ‘फ्रम द टप अफ द वल्र्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको समेत जनाउने बताइएको छ।
खुकुरी रमको नयाँ प्याकका यिनै ५ विशेषताका कारण ग्राहकहरु उत्साहीत देखिएका बिक्रेताहरुको भनाइ छ। खुकुरी रमले नयाँ प्याकमा पृथक प्रयोग गरेर आफ्ना ग्राहकहरुका लागि यसलाई अझ विशेष बनाउने उनीहरुको विश्वास छ।
उनकाअनुसार नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको छ। यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष ध्यान दिइएको कम्पनी बताउँछ।