सनसिल्क दसैं भाइब कन्टेस्टका विजेताहरु घोषणा भएका छन्। जसअन्तर्गत आशिना देउला, ललाना चिमरिया र प्रतिमा कार्की बिजेता भएका हुन्। उनीहरुले सनसिल्क ग्याङ्ग अफ गर्लसको अनुहार बन्ने र उपहार स्वरुप र एक लाख जितेका छन्।
बुधबार काठमाँडौं मेरियट होटेलमा भएको ग्रान्ड फिनालेमा उनीहरु बिजेता भएको घोषणा गरिएको हो।
दसैंमा हुने रिती रिवाजहरुका बीचमा, सनसिल्क नेपालले सनसिल्क दसैं भाइबद्वारा आफ्ना ग्राहकहरुको जीवनसँग जोड्ने एउटा अवसरको आयोजना गरिएको थियो।
सनसिल्क दसै भाइब्स कन्टेस्ट १४ सेप्टेम्बरदेखि २३ अक्टोबर २०२१ सम्म संचालन भएको डिजिटल कन्टेस्ट थियो। जहाँ सहभागीहरुले आफ्ना दसैं भाइबको आकर्षक ह्यर स्टाइलहरु दर्शाउन पर्ने थियो।
सहभागीमध्ये तीन जना विजेताहरुले प्रिज्मा र प्रिन्सी खतिवडाका साथमा सनसिल्क ग्याङ्ग अफ गर्लसको अनुहार बन्ने र १ लाख जित्ने मौका थियो।
थुप्रै इन्फ्लुऐन्सरहरुसँग सहकार्य गरिएको थियो। जसले गर्दा यस कन्टेस्टको धेरै चर्चा र सहभागिता बढ्यो। २३ अक्टोबर २०२१ मा कन्टेस्टको पहिलो चरण सकियो। कन्टेस्टमा २ हजार ८५४ जना सहभागीहरु थिए।
सबै सहभागीहरुमध्ये १५० जना देस्रो चरणका लागि चयन भए। उनीहरुले अर्को एउटा भिडियो बनाए जसमा आफूलाई साधारणबाट सनसिल्क दामी लुकमा परिवर्तन गर्नुपर्ने थियो। यो कन्टेस्टले ठूलो सफलता पाएको कम्पनीको दाबी छ। टिकटकमा सनसिल्कले दसैं भाइबमा २३.८ भ्युज र सनसिल्क ग्याङ अफ गर्लमा १.९ भ्युज पाउन सफल भयो।