खुकुरी रमले चर्चित सांगितिक समूहसँगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा विशेष सांगीतिक अभियान चलाउने भएको छ ।
यो पृथक र वृहत सांगीतिक अभियान हुने विश्वास लिइएको छ।
आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले नयाँ कलाकारहरुको प्रोत्साहनका लागि प्ल्याटफर्म उपलब्ध गराउने उद्देश्यले यो अभियान संचालन गर्न लागेको हो।
खुकुरी रमले देशका विभिन्न जिल्लाका रेष्टुरेन्ट, क्लब, खुल्ला क्षेत्र, आउटडोर्स, इन्डोर्स लगायतका ठाउँहरुको छनौट गरेर उक्त कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको खुकुरी रमको उत्पादक ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिए।
संगीतका नयाँ कलाकारहरुलाई देशभरका दर्शक श्रोतामाझ परिचय गराउने र उनीहरुलाई उत्साहित गरी नेपाली गीतसंगीतको समेत प्रवद्र्धन गर्न बृहत कार्यक्रम गर्न लागिएको उनको भनाइ छ।
देशका विभिन्न ठाउँमा गएर आर्बिटरीसँग आबद्ध कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन्। आर्बिटरीले संगीतसँग सम्बन्धी देशैभर आयोजना हुने हालसम्मकै ठूलो अभियानको शुक्रबार(आज)बाट सुरु भएको छ ।
आफू नजिक पनि यस्ता कार्यक्रम आयोजना हुने भन्दै स्थापितसँगै नयाँ कलाकारहरुको प्रस्तुतिमा झुम्नका लागि तयार रहन संगीतप्रेमीलाई खुकुरी रमले आह्वान गरेको छ ।
विशेषगरी युवाहरुमाझ परिचित र चर्चित आर्बिटरी ग्रुपसँग गीत संगीतको प्रवद्र्धन र कलाकारहरुको उत्थानका लागि सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको लामिछानेले जानकारी दिए।
यस्तै, आर्बिटरीका संस्थापक विपीन नकर्मीले संगीत र कलाकारहरुलाई सहयोग गर्ने हेतूले आर्बीटरी ग्रुपले पुनः खुकुरी रमसँग सहकार्य गर्न पाउँदा आफूहरु खुसी भएको बताए।
खुकुरी रमसँग सहकार्य गरी आर्बीटरीले पप, रक, स्लो रक लगायत गीतसंगीतका विविध विधासँग सम्बन्धित कलाकारहरुसँग अनुबन्ध गरी ३ महिने अभियान संचालन गर्न लागेको छ।
यो अभियानमा केही स्थापित कलाकारसँग उदाउँदा कलाकारहरुले समेत स्टेज सेयरिङको मौका पाउनेछन्।