नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको संचालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ। आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसमार्फत जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एंव लिन सकिन्छ।
नबिल स्मार्टपोसमार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा कदम अगाडि बढाएको बताएको छ। यो सम्झौताअन्तर्गत, दराजमार्फत किनमेल गर्ने ग्राहकले अब नबिल स्मार्टपोस भित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधामार्फत भुक्तानी गर्न सक्छन्।
दराजले छिट्टै १०० भन्दा बढी नबिल स्मार्टपोसमार्फत आफ्ना ग्राहकहरूलाई भुक्तानी सुविधा प्रदान गर्ने बताएको छ। त्यस्तै, आइमार्कले बैंकलाई ४,००० भन्दा बढी नबिल स्मार्टपोस उपलब्ध गराएको छ। जसले सुरक्षित भुक्तानी समाधानका साथै स्मार्टफोन जस्ते लाभ प्रदान गर्छ।