आइएमईले 'नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार' भन्ने नाराका साथ क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा आकर्षक योजना सार्वजनिक गरेको छ।
यो स्किमअनुसार लक्की ड्रमार्फत चार देशहरुवाट चार जना साप्ताहिक विजेता छनोट गरिनेछ।
छनोटमा परेका प्रतिसेवाग्राहीले १० हजार रुपैयाँ उपहार स्वरूप प्राप्त गर्नेछन्। त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट चार जना भाग्यशाली विजेताहरु छनोट गरिनेछन्।
छनोटमा परेका प्रतिसेवाग्राहीले ४० हजार रुपैयाँ बम्पर उपहार पाउँछन्। कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी बन्न पाउँछन्।
उक्त योजना २३ डिसेम्बर २०२१ देखि ४ फेबुअरी २०२२ (८ पुष देखि २१ माघ २०७८) सम्म गरी जम्मा ४३ दिन अर्थात ६ हप्तासम्म कायम हुनेछ।
विजेताहरुको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिने कम्पनीले बताएको छ। सो सम्बन्धि जानकारी कार्यालयका आधिकारिक सामाजिक संजाल र वेभ पेजहरूका अतिरिक्त आमसञ्चारमार्फत सार्वजनिक गरिने कम्पनीको भनाई छ।