प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा जुत्ताचप्पलको वृहत मेला सुरु भएको छ। मंगलबारबाट सुरु भएको प्रदर्शनीमा भेराइटी शुज, ब्लयुचिप शुज, प्राइड स्वदेशी जुत्ता , बोस शुज, फुटस्टेप शुज, बेम्बो, एस लेदर जस्ता ब्राण्डहरु छन्।
ग्राहकहरुको उच्च मागका कारण आफूहरुले भृकुटीमण्डपमा जुत्ता चप्पल मेला सुरु गरिएको आयोजकको भनाई छ।
मेलामा दुई हजारभन्दा बढी आधुनिक मोडलका जुत्ता चप्पल राखिएको छ। ग्राहकलाई छ महिनाको वारेन्टीका साथै भारी छुटको पनि व्यवस्था गरिएको आयोजकले बताएको छ।
नेपालमै अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय जुत्ता चप्पल सुपथ मूल्यमा पाउने भएकाले ग्राहकको निकै आकर्षण बढेको आयोजकमध्येका एक सविन कार्कीले जानकारी दिए। उनले पहिलो दिनमै उपभोक्ताको निकै धेरै आकर्षण देखिएको बताए।
मेलामा जाडो मौसमलाई लक्षित गरेर सुरु गरिएको यस मेलामा बच्चाबच्चीदेखि वृद्धसम्म, पार्टी शुदेखि स्पोर्ट्स शुज, लेडिज र जेन्स सबैका लागि उपयोगी जुत्ता चप्पलहरु राखिएका छन्।