कालिका नगरपालिका–१, पदमपुरमा खुलेको कोरियाली रेष्टुराँले आफ्ना परिकारमा ५० प्रतिशत छुटको घोषणा गरेको छ।
प्रवर्धनात्मक अभियानअन्तगर्त शनिबारदेखि एक महिनासम्म ग्राहकले कोरियाली र जापानी परिकारमा छुट पाउने रेष्टुराँले जनाएको छ।
लंका लाइनको मुनाल एण्ड मयुर रिसोर्टमा रहेको ‘समिटर कोरियन रेष्टुराँ’ले छुट घोषणा गरेको सञ्चालक लाक्पाढुण्डुप लामाले बताए। ठमेलको चर्चित कोरियन रेष्टुराँ ‘भिल्ला एभरेष्ट’मा २५ वर्षसम्म सेफ काम गरेका बाबुराम लम्साललाई भित्र्याएर रेष्टुराँले नयाँ स्वरुपमा परिकार पस्किँदै आएको छ। यहाँका सेफ गोपाल गिरी पनि जापानी परिकार बनाउन नामुद छन्।
मनास्लु क्षेत्रका स्थापित पर्यटनकर्मी लाक्पाढुण्डुपसहित चितवनका पर्यटनकर्मीहरू राजिन्द्र महतो र सुशिल चौधरीको साझेदारीमा सञ्चालित रिसोर्टमा कोरियन रेष्टुराँ थपिएको हो। यहाँ सामगेपसाल, विविमबाप, बुल गोगीसहितका परिकार र कोरियन परम्परागत रक्सी सोजु र छयाङ पनि पाइन्छ।
यहाँ नेपाली, चिनिया, भारतीय र कन्टिनेन्टल परिकार पनि पाक्छ। विशेषतः युवा र परिवारहरू बसेर खानपिन गर्न मिल्ने शान्त वातावरण छ। यहाँ हिमाली परिकारहरू याक बर्गर, याक सिजलर, यार्सागुम्बा सुप, भिरमौरीको मह, फापरको ढिंडो र रोटी सेट, स्याऊको रक्सी तथा वाइन, यार्सागुम्बाको रक्सी, फलफुलको जुसलगायत परिकार पनि पाइन्छ।
विगतमा आपा रिसोर्टका नाउँमा सञ्चालन हुँदै आएको रिसोर्टलाई हिमाल र तराई जोड्ने पुलका रुपमा ब्राण्डिङ गरेर ‘मुनाल एन्ड मयुर रिसोर्ट’ बनाइएको हो। रिसोर्टमा अत्याधुनिक सुविधासहितका भवनहरू निर्माण हुनेक्रम जारी छ।
‘हामी ज्याकुजी सुविधासहितका कोठा, स्पा र हेलिप्याडको पनि व्यवस्था गर्दैछौं’, लामाले सेतोपाटीसँग भने, ‘वर्ष दिनभित्र काम पुरा भएपछि हाम्रो रिसोर्ट चितवनमै नमुना बन्नेछ।’
सम्पर्क
मुनाल एन्ड मयुर रिसोर्ट
पदमपुर, लंकालाइन, चितवन
फोनः शुसिल चौधरी–९८६५३८१५१०