पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसियन अफ नेपाल (टान)को अध्यक्षमा युवा पर्यटन व्यवसायी निलहरी बास्तोलाले उम्मेद्वारी दिने भएका छन्।
टानको पूर्व उपाध्यक्षसमेत रहेका बास्तोलाले आगामी माघ २८ गते हुन लागेको ४३औँ साधारण सभा एवम् निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन्।
बास्तोलाको एशियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, हस्तकला निर्यातलगायतका उद्योग व्यवसायमा लगानी छ।
विगत २६ वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा पूर्ण रुपमा लागेका बास्तोला सोलुखुम्बुका हुन्। उनले सन् २००२ मा टानको साधारण सदस्य लिएका थिए।
उनले एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत भूकम्प, नाकाबन्दी र कोरोनाको समयमा अग्र स्थानमा रहेर सामाजिक कार्य गर्दै आएका थिए। उनी सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य एवम् सन् २०१७–२०१९ मा द्धितीय उपाध्यक्ष निर्वाचित भएका थिए।