नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्स ले पुस १८ गतेदेखि काठमाडौ बाट सुर्खेत को लागि नियमित हवाई उडान सुरु गर्ने भएकोछ।
हाल एयरलाइन्सले आफ्ना दुईवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रिमसहित कुल सातवटा विमान बाट सेवा सन्चालन गरिरहेको छ।
एयरलाइन्सले यसअघि भरतपुर, पोखरा, तुम्लिङटार भैरहवा नेपालगन्ज विराटनगर सिमरा र जनकपुर मा भने नियमित उडान सुरु गरिसकेको छ।
गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाले यात्रुहरुलाई सुरक्षित र भरपर्दो सेवा सुबिधा दिन कुनै कसर बाँकी नराख्ने बताए। उनका अनुसार कम्पनीले क्रमशः उडानहरु थप गर्दै आन्तरिक हवाइ बजारमा प्रतिस्पर्धामा आफुहरु पनि गइरहेको छ।
उडानको सुरूआत देखिनै गन्तव्यहरुमा यात्रुबाट राम्रो साथ पाएको कम्पनीको भनाइ छ। यसबाट थप हौसला मिलेको कम्पनीले बताएको छ।