यती एअरलाइन्सले 'खल्ती' सँगको सहकार्यमा 'यति धेरै क्यासब्याक' अफर ल्याएको छ। अब खल्तीबाट यतीको टिकट खरिद गर्दा यात्रुले आफ्नो खल्ती वालेटमा तुरुन्तै ४ सय ५० रुपैयाँ फिर्ता पाउनेछन्।
फ्लाइट बुकिङलाई सहज बनाउन, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र यात्रुहरूलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि यो क्यासब्याक अफर सार्वजनिक गरेको यती एअरलाइन्सले जनाएको छ।
उक्त अफरअन्तर्गत फ्लाइट बुकिङ क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ। बुकिङ गर्दाको बिल रकममा एक सय ५० रुपैयाँ घट्नेछ भने बाँकी रहेको तीन सय 'खल्ती' वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुनेछ। यो अफर यही जनवरी ११ तारिखदेखि फेब्रुअरी १६ तारिखसम्मलाई लागू हुनेछ।
यात्रुले क्यासब्याक पाउन के गर्ने ?
फ्लाइट बुकिङमा तत्काल क्यासब्याक प्राप्त गर्न यात्रुहरूले निम्न चरणहरू पालना गर्नुपर्ने हुन्छः
- यती एअरलाइन्सको एप डाउनलोड गरी रजिष्ट्रर गर्ने वा यसको वेबसाइट मा जाने
- आफ्नो गन्तव्य, मिती, यात्रुको संख्या र उमेर समूह छनौट गरी फ्लाइट 'सर्च' गर्ने/ खोज्ने
- आफूलाई उपयुक्त हुने समयको फ्लाइट छनोट गरेर 'नेक्स्ट'मा जाने
- अब आफ्नो सम्पूर्ण विवरण भर्ने र 'कन्टिन्यू' गर्ने
- विवरण पुनः जाँच गरेर सबै ठीक छ भने 'प्रसिड' भन्ने विकल्प चयन गर्ने
- अन्तिममा, रकम भुक्तानीको लागि 'खल्ती' छनौट गरी भुक्तानी गर्ने
यति गरेपछि टिकट बुक हुने बित्तिकै प्रयोगकर्ताहरूले आफ्नो खल्ती आइडीमा तत्काल क्यासब्याक पाउने कम्पनीले जनाएको छ। यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले खल्तीसँगको सहकार्यमा यो नयाँ अफर सार्वजनिक गर्न पाउँदा र यात्रुलाई थप सेवा दिन पाउँदा खुशी व्यक्त गरेका छन्।