सेल्सबेरीले यही माघ १ गतेदेखि फागुन ३० गतेसम्म 'मेड इन नेपाल' अभियान सञ्चालन गर्दैछ। नेपाली उत्पादनहरूलाई अझ बढी ग्राहकहरू माझ चिनाउन र उत्पादित सामग्रीको प्रयोगलाई प्रेरित गर्न उक्त अभियान सञ्चालन गरेको सेल्सबेरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
साथै, यसले नेपाली ब्रान्डहरूको हौसला बढाउन, आन्तरिक रोजगारी सृजना गर्न, नेपाली उत्पादनको विश्वव्यापी पहिचान तथा व्यापार घाटा न्यूनीकरण गर्दै कालान्तरमा देशको अर्थ व्यवस्थामा टेवा पुर्याउन मद्दत गर्नेमा सेल्सबेरी आशावादी छ।
सेल्सबेरीले विगत ७ वर्षदेखि नेपालको विभिन्न स्थानबाट आफ्नो व्यवसायीक सेवा पुर्याइरहेको छ। यसले आगामी ५ वर्ष भित्र देशभर एक सयवटा शाखा विस्तार गरी ३ हजार जनशक्तिलाई प्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य राखेको छ।