अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ले सिभिल बैंक खाता ‘’खल्ती’’सँग लिङ्क गर्ने प्रयोगकर्ताहरुका लागि एकसय रुपैयाँ बोनस अफर ल्याएको छ। साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने छन्।
यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट ’खल्ती’सँग लिङ्क गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ। प्रयोगकर्ताले लिंक गर्न अगाडी केवाइसी भेरिफाइ गराउन पर्नेछ। त्यसको केही सेकेण्डमै आफ्नो बैंक लिङ्क गरी उक्त अकाउन्टबाट ’खल्ती’मा तुरुन्तै भुक्तानी गर्न सकिन्छ।
प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न तथा वालेटमा नियमित पैसा लोड गर्न लाग्ने समय लाई कम गर्न यो अफर ल्याइएको कम्पनीले बताएको छ।
प्रयोगकर्ताले एक पटक लिङ्क गरेपछि, यो सेवाले उनीहरूलाई वालेट लोड नगरी केही ट्यापहरूमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य सेवा लिन सहज हुनेछ। बोनस अफर पौष ३० देखि फागुन १ सम्म लागु हुनेछ।