नेपालको प्रिमियम रम ब्रान्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ।
विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी एक्सएक्सएक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ। ‘खुकुरी एक्सएक्सएक्स रम’ प्रिमियम वर्गको मदिरामा पर्छ।
रमका पारखीहरूले खुकुरी एक्सएक्सएक्स रममा विभिन्न मसलाजन्य पदार्थको मिश्रण गरी त्यसलाई स्पाइस्ड बनाएर पिउने गरेका छन्। ग्राहकहरूको सोही चाहनालाई ध्यानमा राखी खुकुरीले उत्कृष्ट समीश्रणबाट तयार खुकुरी स्पाइस्ड रम बजारमा ल्याएको हो।यसअघिका वर्षहरूमा जापान र कोरियामा खुकुरी स्पाइस्ड रम निर्यात हुने गरेको थियो। त्यहाँ निकै रुचाइएको गुणस्तरीय उत्पादन नै अहिले नेपाली बजारमा ल्याइएको हो।
कम्पनीका अनुसार यो नयाँ स्वादको रम बजारमा सार्वजनिक गर्नुअघि नेपालका विभिन्न क्षेत्र र विशेष गरी बुटवल र भैरहवामा ट्रायल गरिएको थियो। विशेष गरी खुकुरी स्पाइस्ड रम निट वा कोलासँग पिउन ग्राहकहरूले मन पराएको उनले बताए।
प्रिमियम खुकुरी एक्सएक्सएक्स रमको तुलनामा विभिन्न थप उत्कृष्ट पदार्थ प्रयोग हुने र उत्पादनको प्रक्रिया समेत लामो र केही फरक हुने भएकोले खुकुरी स्पाइस्ड रमको बजार मूल्य खुकुरी एक्सएक्सएक्स रमको तुलनामा केही बढी हुने उत्पादक कम्पनी ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिए।
‘यो प्रिमियम क्याटेगोरीको विशेष उत्पादन हो। त्यसैले स्वाद र गुणस्तरमा अझ विशेष छ,’ उनले भने।
विशेष रुपमा तयार गरिएको स्पाइस्ड रम उत्पादन क्षमता र उत्पादन जटिलताले गर्दा हाल यसको सीमित परिमाणमा मात्र बजारमा उपलब्ध गराइनेछ। चालू आर्थिक वर्षमा बढीमा ६ देखि ७ हजार केससम्म मात्र स्पाइस्ड रम बजारमा पठाउन सकिने लामिछानेले बताए। उनका अनुसार स्पाइस्ड रमको उत्पादन क्षमता आगामी वर्षदेखि भने बढाउने योजना छ।
‘आफ्ना ग्राहकहरूको अपेक्षाअनुसार यो नयाँ प्रडक्ट ल्याउन सफल हुँदा हामीलाई खुशी लागेको छ,’ उनले भनेका छन्, ‘साथै आगामी दिनमा पनि ग्राहकहरूका लागि उच्च गुणस्तरको रम उत्पादन गर्न हामी प्रतिबद्ध छौं।’