एपोलो पेन्टस प्रालिले कलाकार राजेश हमाललाई आफ्नो सद्भावना दुत (ब्रान्ड एम्बेस्डर) रूपमा अनुबन्धित गरेको छ।
कम्पनीका अनुसार 'एपोलो पेन्टससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्टस' भन्ने भावना उत्पन्न गरि उपभोक्तामा अझ बढी लोकप्रिय ब्रान्ड बनाउन राजेश हमाललाई ब्रान्ड एम्बेस्डरको रूपमा अनुबन्धित गरिएको हो।
एपोलो पेन्टसले २०६१ सालदेखि नेपाली उपभोक्ताको माग बमोजिम इनामेल, प्राइमर, सिमेन्ट पेन्टस, अन्तराष्ट्रिय गुणस्तरको उच्चकोटीका रड उत्पादन तथा बिक्री गर्दैछ।
कम्पनीको प्रमुख उद्देश्य स्वदेशी पुँजीबाट वस्तुहरू उत्पादन गरि, स्वदेशमा नै रोजगारी सृजना गर्ने रहेको कम्पनीले जनाएको छ।