सन् २०२२ को जनवरी महिनामा करिव १७ हजार विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्यांकअनुसार १६ हजार ९ सय ७५ पर्यटक भ्रमणमा आएका हुन्।
यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९१.३ प्रतिशतले बढी हो। अघिल्लो वर्षको जनवरीमा ८ हजार ८७४ जना पर्यटक भ्रमणमा आएका थिए।
बोर्डकाअनुसार सबैभन्दा धेरै भारतबाट तीन हजार ९१६ पर्यटक नेपाल आएका छन्। त्यस्तै, अमेरिकाबाट तीन हजार २५७, बेलायतबाट एक हजार ८२४, बंगलादेशबाट एक हजार २३६ र अष्ट्रेलियाबाट एक हजार २१३ पर्यटक भित्रिएका छन्।
कोरोना माहामारीका कारण नेपाल भ्रमणमा आउने पर्यटकको संख्या घटेको हो।
माहामारी अघि सन् २०१९ जनवरीमा मात्र ८१ हजार २७३ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए। त्यस्तै, २०२० जनवरीमा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ७९ हजार ७०२ थियो।