सर्वोत्तम समेन्ट तथा सर्वाेत्तम स्टिलको 'सर्वाेत्तमको न्यानो सौगात' योजनाअन्तर्गत कम्पनीले आफ्नो ठेकेदारहरूका लागि ७ लाख रुपैयाँको दुर्घटना बीमा गराउने भएको छ।
सौरभ ग्रुपअन्तर्गतको यस कम्पनीले विशेष ठेकेदारहरू लक्षित एक प्राविधिक भेटघाट कार्यक्रममा उक्त घोषणा गरेको हो।
कार्यक्रममार्फत कम्पनीले 'सर्वाेत्तमको न्यानो सौगात' नामक योजनाको सुरुवात गरेको हो। कम्पनीका उपाध्यक्ष सुवास पाण्डेका अनुसार यस योजनाअन्तर्गत अब ठेकेदारहरूले आफ्नो साइट रजिष्टर गराए बापत सर्वाेत्तम स्टीलको तर्फबाट कुनैपनि किसिमका दुर्घटना विरुद्ध ७ लाखको बीमाको सुविधासहित ट्रयाक-सुट उपहार पाउने भएका हुन्।
कम्पनीले हाललाई काठमाडौं, ललितपुर र भक्तपुरका एक हजार ठेकेदारहरूका लाागि बीमा सुविधा प्रदान गराउने लक्ष्य लिएको छ।
यसका साथै, सोही कार्यक्रममा कम्पनीका प्रोजेक्ट हेड इन्जिनियर अभिषेक झाद्वारा घर बनाउदा सिमेन्ट र डन्डी प्रयोग प्राविधिक रूपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुन्छ र सिमेन्टको प्रयोग प्राविधक रूपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत कम हुन्छ भन्नेबारेमा जानकारी तथा तालिम प्रदान गराइएको थियो।
सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो। आइएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण-मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओपिसि र सौरभ ग्रिन पिपिसि नामक ब्रान्डका सिमेन्टहरू नेपालभर सर्वत्र बिक्री-वितरण गरिरहेको छ।
यसरी ओपिसि ४३ र ५३ ग्रेडका साथै पिपिसि सिमेन्टको पनि उत्पादन तथा बिक्री-वितरण गर्ने यो एक मात्र सिमेन्ट कम्पनी हो।
यसैगरी, सर्वाेत्तम स्टिल एफइ५०० फलामे डन्डी नयाँ जमानाको फलामे डन्डी हो जसले सर्वाेत्तम लचकता तथा मजबुतीलाई एक समान रूपमा प्रस्तुत गरेको छ। यो फलामे डन्ढी आफ्नो डायमन्ड रिबका कारण सामान्य फलामे डन्डी भन्दा निकै फरक छ।