दराज नेपालले सन् २०२२को पहिलो अभियान 'सेलिब्रेट लभ' घोषणा गरेको छ। यो अभियान माघ २१ गते (फेब्रुअरी ४) बाट सुरू हुँदैछ।
अभियानअन्तर्गत ग्राहकहरूले ६० प्रतिशतसम्मको मेगा डिल, कार्ड प्रि-पेमेन्टमा १५ प्रतिशतसम्मको छुट, पाँच हजार रुपैयाँसम्मको मेगा भाउचर र पचास हजार रुपैयाँको सामान जम्मा एक रुपैयाँमा जित्ने मौका रहेको छ।
अभियानको सो-स्टपर भने मेगा गिभअवे हो, जसअन्तर्गत एक जना विजेताले एक लाख २२ हजार रुपैयाँको श्री बालाजीको हिराको झुम्का र औंठी जित्ने मौका पाउनेछन्।
उक्त अभियानको लागि कम्पनीले नेपालका केही प्रभावशाली व्यक्तिहरूसँग सहकार्य गरेको छ।
अभियानको अवधिभर ग्राहकहरूले एपल, रियलमी, बियर्डो, रोटो, वाइल्ड-हर्न, कन्भर्स, प्याजाइटालियालगायत ब्रान्डको उत्पादनहरू खरिदमा ६० प्रतिशतसम्मको मेगा डिलहरू प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, कुन उपहारहरू छनौट गर्ने भन्नेबारे अन्यौलमा रहेका ग्राहकहरूले 'ह्यान्ड पिक्ड गिफ्ट्स' मार्फत सजिलै उपहार पाउन सक्नेछन्।
यस अभियानले ग्राहकहरूलाई बैंक कार्ड प्रि-पेमेन्टहरू मार्फत थप छुटहरू प्राप्त गर्ने अवसर पनि प्रदान गर्दैछ। मेगा बैंक, सानिमा बैंक, बैंक अफ काठमाडौं, एनसिसी बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक र सनराइज बैंकका कार्ड धारकहरूले क्रेडिट कार्डमार्फत १५ प्रतिशत (अधिकतम रु. ७५०) र डेबिट कार्डमार्फत १० प्रतिशत (अधिकतम रु. ७५०) सम्म छुट प्राप्त गर्न सक्नेछन्।
साथै, यस अभियानमा लोकप्रिय खेल एक रुपैयाँको मध्यमबाट ग्राहकहरूले एक रुपैयाँमा साजुना डायमन्ड झुम्का र एन्कर साउन्डकोर हेडफोन पुरस्कार जित्न सक्नेछन्। यस खेलमा भाग लिनका लागि ग्राहकहरूले अनलाइन प्रि-पेमेन्टको माध्यमबाट एक रुपैयाँ अगाडि नै तिर्नुपर्ने हुन्छ। यदी नजितेमा पूर्ण रकम फिर्ता हुनेछ।
कम्पनीका अनुसार 'सेलिब्रेट लभ' दराजका अन्य योजनाहरूभन्दा फरक छ। यो एक अभियान मात्र नभई परिवार, साथी, प्रियजन र प्रिय ठान्ने व्यक्तिहरूको लागि एउटा नम्र अनुस्मारक हो।