नरदेवीस्थित श्रीराज कलेक्सनले बागबजारमा सर्टिङ सुटिङको लागि दोस्रो ब्रान्च सुट्माला सञ्चालन गरेको छ। यो सुट्मालामा सोमबारदेखि सञ्चालनमा आएको हो। सुट्मालाका सञ्चालक राज कार्की हुन्।
बागबजार सुट् हबका लागि सुपरिचित स्थान हो। सुट्माला बागबजारको केएमसी कलेजको ठिक अगाडि छ। सुट्मालाले विभिन्न डिजाइनका आधुनिक सुट् र यससँग सम्बन्धित सबै प्रकारका आइटमहरू उपलब्ध गराउने सञ्चालक कार्कीले बताए।
त्यस्तै, माघ महिनाभर यहाँबाट सुट सिलाउनेलाई विशेषत २५ प्रतिशत छुट समेत दिइने उनले जानकारी गराए।
सञ्चालक राजकाअनुसार बागबजारको यो ब्रान्चमार्फत नेपाली कपडा उत्पादनलाई पनि विशेष प्राथमिकता दिइनेछ, जसअन्तर्गत अल्लोका उत्पादनलाई विशेष जोड दिइनेछ। 'अल्लोबाट बन्ने सुट्लगायतका सामानहरू उपलब्ध गराउने छौं,' कार्कीले भने, 'यसबाहेक इटालियन र इन्डियन ब्रान्डका लुगाहरू सुट्मालाले उपलब्ध गराउने छ।'
सर्टिङ सुटिङमा एक दशक लामो अनुभव बटुलेका राजले यो क्षेत्रमा नयाँ र फरक तरिकाले व्यवसाय सञ्चालन गर्दै आएका छन्। बागबजारस्थित सुट्मालामा अनलाइनबाट पनि कपडा अर्डर गर्न सकिन्छ। अर्डरका आधारमा काठमाडौं उपत्यकाभित्र होम डेलिभरी सुविधा पनि प्रदान गर्नेछ।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य मिलन नेपाली, बाग्मती प्रदेश सदस्य महेश कायस्थ, बिनोद छिनाल, काठमाडौं जिल्ला संघका अध्यक्ष चन्द्र रणपहेली, सचिव सागर कार्की, कोषाध्यक्ष लालु बैजु, सह-सचिव बासुदेब पौडेल, सदस्य मृदुला शर्मा, बिनु मित्राकोटी, दीपक परियारको उपस्थिति थियो।
त्यस्तै, कार्यक्रममा कलाकार सुरज चापागाँई ‘बान्द्रे’, सुबोध गौतम ‘एक्दुमे’, यादब देबकोटा ‘सरापे’, राजु कमेडी, सुरेश थापा ‘दर्शने’, दुर्गा विरही, कुमार कार्की, उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्कीलगायतको उपस्थिीति थियो।