यती ब्रुअरीले बजारमा नयाँ बियर सार्वजनिक गरेको छ। कम्पनीले 'यती ब्लन्ड' सार्वजनिक गरेको हो।
'स्पिरिट अफ द माउन्टेन्स' स्लोगन बोकेको यती ब्लन्ड एक प्रिमियम क्राफ्ट बियर हो।
कम्पनीका अनुसार यो बियर बियर उत्साहिहरूलाई लक्षित गरिएको छ। यसले हिमाली आभास झल्काउँने र नेपालको क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउनमा कम्पनीको विश्वास छ।
यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्ट र प्राकृतिक हिमाली पानीबाट तयार परिएको छ। यती ब्लन्ड प्रिमियम क्राफ्ट बियरमा रक्सीको मात्रा जम्मा ५.२ प्रतिशत छ।
यती ब्लन्ड प्रिमियम क्राफ्ट बियर, पुल-अफ क्याप सहित ३३० मिलिलिटर र ६५० मिलिलिटरको बोतलमा उपलब्ध छन्। ३३० मिलिलिटरको बजार मूल्य एक सय ८० रुपैयाँ र ६५० मिलिलिटर बोटलको मूल्य तीन सय ५० रुपैयाँ तोकिएको छ।