वायुसेवा सञ्चालक संघले पर्यटकका लागि पिसिआर परीक्षण तथा कोरोना संकट व्यवस्थापन केन्द्रको फाराम भर्नुपर्ने प्रावधान तत्काल हटाउन सरकारसँग माग गरेको छ।
संघले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो।
छिमेकी मुलुक भारत, भियतनाम तथा अन्य युरोपियन मुलुकहरूले समेत हवाई यात्राका लागि पिसिआर परीक्षणको प्रावधान हटाइसकेकाले नेपालले पनि सोही अनुरुप हटाउनुपर्ने विज्ञप्तीमा उल्लेख छ।
विगत केही समययता विश्वभरि नै कोरोना संक्रमणदर घट्दो क्रममा छ।
स्वास्थ्य विशेषज्ञ तथा अनुसन्धानकर्ताहरूले समेत आगामी दिनमा कोरोनाको प्रभाव स्वतः कम हुँदै जाने आकलन गरेकाले धेरै जसो मुलुकहरूले प्रतिबन्धलाई खुकुलो पारेको छ।