स्वाडल नेपालले भरखर जन्मिएकादेखि पाँच वर्षमुनिका बालबालिकाका लागि आबश्यक सबै सामग्री उपलब्ध गराउँदै आएको बताएको छ।
गुणस्तरीय सामानहरूको आयातमा ध्यान दिइएको कम्पनीले बताएको हो।
बालबालिकाका सामानहरू उचित मूल्यमा उपलब्ध गराउने कम्पनीको भनाइ छ।
अहिले स्वीटर, मोजा, जुत्ता लगायत सामग्री ग्राहकको रोजाइमा परेको उल्लेख गरिएको छ।
कम्पनी स्थापना भएको करिब डेढ वर्ष भएको छ। यो अवधिमा दुई हजारभन्दा बढी ग्राहक छन्।