सुजल फुड्सले फ्रेसो ब्रेथ नाराका साथ फ्रेसो क्यान्डीको विज्ञापन सुरु गरेको छ।
विज्ञापन अभियानमा फ्रेसो क्यान्डी भनेकै ताजा स्वास भनेर प्रचार गरिएको छ। क्यान्डीले स्फूर्तदायी ताजा स्वास प्रदान गर्नुको
आत्मविश्वास बढाउँछ भन्ने सन्देशसहित यो विज्ञापन अभियान सुरु गरिएको हो।
किशोर र युवाहरूलाई लक्षितगर्दै यो सन्देश विभिन्न मिडियाहरुमा, प्रसारण तथा संचारकामाध्यमहरू जस्तैः डिजिटल बोर्डहरू, सामाजिक साइटहरू, चलचित्र थिएटर र अन्य प्रकाशन प्लेटफर्महरूमार्फत प्रकाशन तथा प्रसारण गरिएको छ।
क्यान्डीलेस्फूर्तिदायी सास प्रदान गर्दछ साथैै शीतलताको अनुभूति प्रदान गरेर मुखलाई ताजापन दिने कम्पनीको दावी छ।