आइएमई ग्रुपद्वारा संचालित आइएमई-पे र दराजबीच सम्झौता भएको छ। सम्झौतामा आइएमई-पेकोतर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार हरेक आइतबार दराज वालेट डे हुनेछ। जसअनुसार आइएमई-पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको भउचर पाउन सकिने छ। प्रयोगकर्ताहरुलाई आइएमई पे एप वा आइएमई-पे भिसा कार्डको १० प्रतिशत छुट (३५० देखि ५०० रुपैयाँसम्मको) पाइने रिडिम भउचर राजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ।
उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले यसअघि पनि आइएमई-पे दराजको भुक्तानी पार्टनर रहि विभिन्न अफरहरु ल्याइसकेको बताए। यो सम्झौताले पुराना तथा नयाँप्रयोगकर्ताहरुलाई डिजिटल प्रविधिान प्रोत्साहन गर्ने उनको भनाई छ।