नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा कैलाश खड्का चयन भएका छन। काठमाडौंमा भएको महासंघको १६ औं साधारण सभाले खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। महासंघमा कार्यसमितिको कार्यकाल ३ वर्षको रहने व्यवस्था छ।
सभाले वरिष्ठ उपाध्यक्षमा महेश राज श्रेष्ठ, प्रथम उपाध्यक्षमा गायत्री जिसी, द्वितीय उपाध्यक्षमा धनबहादुर गिरि डिबी, महासचिवमा दाताराम काफ्ले, सचिवमा लिलाम्बर झा, कोषाध्यक्षमा रामपुकार तिवारी, केन्द्रीय सदस्यमा चन्द्रमा राई , प्रवेश रोका क्षेत्री, दीपक कार्की, पप्पु महासेठ, बेल बहादुर श्रेष्ठ , केशर थापा, रोजिना शाक्यलाई चयन गरेको छ ।
अध्यक्षमा चयन भएपछि खड्काले आफूलाई सर्वसम्मत अध्यक्ष बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए। वैदेशिक रोजगारीको क्षेत्रको स्वास्थ्य सेवालाई थप पारदर्शी बनाउन आफू लाग्ने खड्काले बताए।
खड्का वैदेशिक रोजगार बोर्डको सदस्यसमेत भइसकेका छन। उनलाई तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगार बोर्डमा विज्ञका रुपमा मनोनित गरेका थिए। २० वर्षदेखि खड्का स्वास्थ्य व्यवसायमा संलग्न छन् । खड्काले पछिल्लो समय नेपालमा क्रिस्टल डायोगनिस्टिक ल्याब संचालन गर्दै आइरहेका छन।