माइ-पेले वालेट प्रयोग गर्दा एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा ल्याएको छ। नेपालमै पहिलो पटक यस्तो सुविधा ल्याइएको कम्पनीको दावी छ।
माइ-पेका अनुसार ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उदेश्यले वालेट प्रयोग गर्दा बीमा सुविधा ल्याएको कम्पनीले बताएको छ। कम्पनीका अनुसार यो विमा सुविधा लिनका लागि कुनै पनि ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्दैन।
सुविधा प्राप्त गर्न माइपे एप डाउनलाड गरी केवाइसी भेरिफाइ भने गर्नुपर्नेछ। साथै नेपाली महिनाअनुसार हरेक महिना माइपेमार्फत न्यूनतम एक हजारको कारोबार भएको हुनुपर्ने कम्पनीले बताएको छ।
यसरी मासिक एक हजारको कारोबार भएको दुई दिनपपछि ग्राहकले बीमा सुविधा पाउनेछन्। यसको जानकारी एसएमएसमार्फत पाइन्छ। माइपेले हवाई टिकट बुकिङका लागि पनि क्यासब्याक सुविधा दिँदै आएको छ। त्यस्तै यसमार्फत कारोबार गर्दा अधिकतम २५ प्रतिशतको क्यासब्याक उपलब्ध गराउँछ।