केन्ट ईलेक्ट्रिकले आफ्ना रिटेलहरुलाई मध्यनजर गर्दै जनकपुरस्थित रिटेलर सम्मेलन गरेको छ। यहि फागुन २० गते एक कार्यक्रम आयोजना गरी सम्मेलन गरेको हो।
सम्मेलनमा १०० जनाभन्दा बढीको सहभागिता थियो। उक्त कार्यक्रममा केन्टले आफ्ना सम्पूर्ण इलेक्ट्रिक सामाग्रीहरु (फ्यान, मोडुलर स्विच, गिजर, हिटर आदि) को प्रदर्शन गरेको थियो।
उक्त सामाग्रीहरुको बारेमा विस्तृत जानकारी पनि दिएको थियो। कार्यक्रममा आफ्ना उत्कृष्टरिटेलरलाई विभिन्न अवार्ड वितरण गरी सम्मान समेत गरिएको थियो। कार्यक्रममा केन्ट भारतका एमडी चिराग गुप्तालगायत सिजी इओएलका पदाधिकारीहरुको उपस्थिति थियो। रिटेलरहरुलाई प्रोत्सानका लागि केन्टले विभिन्न आकर्षक योजनाहरु पनि घोषणा गरेको छ।
केन्टका उत्पादन नेपाली बजारमा सर्वाधिक रुचाइएको कम्पनीको दावी छ। यसका उत्पादनहरु चौधरी ग्रुपको साझेदारीमा नेपालमा बिक्री तथा वितरण हुँदै आएका छन्। आगामी दिन पनि चौधरी ग्रुपको सहकार्यमा अझै आक्रामक रुपमा बजार विस्तार गर्दै जाने केन्ट इलेक्ट्रीक र चौधरी ग्रुपका पदाधिकारीहरुले बताएका छन्।
चौधरी ग्रुपले आफ्नै ब्राण्ड सिजीका इलेक्ट्रिक सामानहरुको बारेमा जानकारी गराएको थियो। बजारमा केन्ट र सिजी इलेक्ट्रिकका विभिन्न सामनहरु पंखा, मोडुलर स्विच, गिजर, हिटर, वल्भ, सेमि मोडुलर स्विच जस्ता सामग्रीहरु उपलब्ध छन्।