माउन्टेन ड्यूले 'डरको अगाडि जित छ' भन्ने आदर्श वाक्यलाई अनुप बिक्रम शाहीसँग नयाँ प्रचार अभियानमा पुनः स्थापना गरेको छ।
माउण्टेन ड्यूले नेपालका युवाहरूलाई आफू भित्रको सीमा तोड्न र डर तथा आत्मशंकाबाट बाहिर निस्कन यो वर्ष 'डरको अगाडि जीत छ' नामक प्रचार अभियानमार्फत् प्रेरित गर्न तम्तयार भएको हो।
यो पेय पदार्थले ब्राण्ड सद्भावनादूत अनुप बिक्रम शाहीको साथमा तयार पारिएको नयाँ जोशिलो विज्ञापन सार्वजनिक गरेको छ। रोमाञ्चकतालाई थप उचाईमा पुर्याउँदै उक्त विज्ञापनको छायाँकन दुबईस्थित विश्वकै सबैभन्दा अग्लो एमारको बुर्ज खलिफामा गरिएको छ।
यो विज्ञापनमा या त डरदेखि डराएर भाग्ने अथवा डरको सामना गरेर अगाडी बढ्ने भन्ने दुई विकल्पलाई देखाएर माउन्टेन ड्यूको विश्वासको पुनरावृत्ती गरिएको छ। डरको अगाडि जीत छ भन्ने शक्तिशाली जीवन दर्शनमा आधारित भएर विज्ञापनको सुरू बुर्ज खलिफाको माथिल्लो भागबाट एकदम सुक्ष्म दृष्टिबाट हुन्छ, जहाँ अनुपले विश्व रेकर्ड कायम गर्न भारी दर्शकहरूका सामु डरलाग्दो स्टन्ट दिँदै गरेको देखाइन्छ।
फिल्मले अनुप विक्रम शाहीमा देखा परेको द्विविधा र दृढ संकल्प दुवैलाई कैद गर्छ। आफ्नो अगाडी आएको विकल्पलाई मूल्यांकन गरेर अनुपले माउन्टेन ड्यूको एक चुस्कि लिन्छन् अनि उनको मुहारमा दृढता झल्किन्छ। र, सबै बाधाहरूलाई पन्छाउँदै बाइकमा बुर्ज खलिफाको टुप्पाबाट डुबुल्की लगाउँछन्।
विज्ञापनको छायाँकनका सम्बन्धमा सद्भावनादूत अनुप विक्रम शाही भन्छन्, 'माउन्टेन ड्यूको आदर्श वाक्यले मेरो विश्वाससँग मेल राख्छ। तपाईं कहाँबाट आउनु भएको हो र तपाईं को हो भन्नेले खासै अर्थ राख्दैन, यो त डरको सामना गर्ने व्यक्रिको हिम्मत हो जसले उसलाई आफ्नो वास्तविक हिरो बनाइदिन्छ।'
नयाँ विज्ञापनको बारेमा पेप्सीको नेपालका सिनियर मार्केटिङ निर्देशक नसीब पुरीले माउन्टेन ड्यूले सधैं नेपालमा जोखिम मोल्ने र सफलता प्राप्तिका लागि डर तथा आत्मशंकालाई पर धकेल्नेहरूलाई सलाम गर्ने बताए।
कम्पनीका अनुसार माउन्टेन ड्यूको यो नयाँ विज्ञापन टिभि च्यानलहरू, डिजिटल, आउटडोर, र सामाजिक सञ्जालहरूमा समेत व्यापक एवं बृहत रुपमा प्रदर्शन गरिनेछ। यो परम्परागत पसलहरूका साथै आधुनिक स्टोरहरू र ई-कमर्स प्लेटफर्महरूमा समेत उपलब्ध हुनेछ।
विज्ञापन हेर्नको लागिः डरको अगाडि जित छ