व्यवसायिक भुक्तानी प्लेटफम कर्पोरेट पे-प्रणालीमा अब अनलाइन दर्ता गर्न सकिने सुविधा थपिएको छ। बैंक/वित्तीय संस्थाहरुका ग्राहकहरुले अनलाइन माध्यमबाट नै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा गरी सम्बन्धित संस्थाबाट सेवा सुचारु गर्न सक्नेछन्।
साथै उक्त प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, पटक-पटक गरिने भुक्तानीका लागि क्युविक पेमेन्ट खाताको स्टेटमेन्ट हेर्ने लगायत अन्य सुविधा पनि थप गरिएका छन्।
अनलाइन रजिष्ट्रेसनका निम्ती बैंक/वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरुले वेबसाइटमा गई मागिएका कम्पनी सम्बन्धी विवरण दाखिला गर्न सकिन्छ। बैंक खाता सम्बन्धी विवरण दाखिला गरी एक पटकको अनलाइन रजिष्ट्रेसन प्रकृया पूरा गर्न सक्छन्।
एनसीएचएलले सञ्चालन गरेको उक्त प्रणालीमा हाल ४८ बैंक/वित्तीयसंस्थाहरु मार्फत् व्यावसायिक ग्राहकहरुलाई
फण्ड ट्रान्स्फर, तलबभुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानीलगायतका विभिन्न भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ।