डाबर नेपालले डाबर बाटिका न्याचुरल स्याम्पूको नयाँ रेन्ज सार्वजनिक गरेको छ। यो ब्रान्डको अनावरण डाबर बाटिका न्याचुरल स्याम्पूको सेलिब्रिटि सद्भावना दुत स्वस्तिमा खड्काको साथै डाबर नेपालका व्यापार प्रमुख एचएसबेदी, मार्केटिङ प्रमुख अभय गोर्खाली र ब्रान्ड प्रबन्धक सलीना शर्माद्वारा गरिएको हो।
डाबर नेपालले बजारमा आफ्नो उपस्थिती जनाउँदै नेपाली उपभोक्ताहरूलाई उच्च गुणस्तररको वाटिका स्याम्पू उपलब्ध गराएको छ। डाबर बाटिका न्याचुरल स्याम्पू ब्लायक साइन स्याम्पू कालो (चम्किलो कपालको लागि), थिक एन्ड लङ स्याम्पू (बाक्लो र लामो कपालको लागि) र एन्टी-ड्यान्ड्रफ स्याम्पू (चाँयामुक्त कपालको लागि) गरी तीनवटा भेरियन्टमा उपलब्ध छ।
हरेक भेरियन्टमा १० वटा खास चुनिएको प्राकृतिक तत्वहरूले भरिपूर्ण छन्, जसले कपालको विशेष समस्याहरूको समाधान गर्छ। साथै, यसले कपाललाई नरम बनाएर क्लिङसिङ र कन्डिसियनिङ दिन्छ।
एचएसबेदी, डाबर नेपालको व्यापार प्रमुखले नयाँ स्याम्पू सार्वजनिक गर्दै भनेका छन्, 'डाबर बाटिका न्याचुरल स्याम्पूको लन्च डाबरको उपभोक्तातर्फ प्राकृतिक हेयर केयरमा सबैभन्दा राम्रो समाधान दिँदै आएको प्रतिबद्धताको नतिजा हो। हाम्रो स्याम्पूको रेन्ज कपालको दैनिक आवश्यक हेरचाहको लागि १० प्राकृतिक पोषणले भरिपूर्ण छ।'
मार्केटिङ प्रमुख अभय गोर्खालीले पनि डाबर बाटिका न्याचुरल स्याम्पू आफ्नो उपभोक्तालाई सधैं केही नयाँ र रोमाञ्चक उत्पादन ल्याउने यस कम्पनीको निरन्तर प्रयासको नतिजा रहेको बताए।
डाबर बाटिका न्याचुरल स्याम्पू १७० एमएल, ३३० एमएल र ६५० एमएलका बोतलमा उपलब्ध छ भने ७ एमएल र ३.५ एमएलको स्यासेमा पनि उपलब्ध छ। ३३० एमएलको बोतलमा पम्पको सुविधा पनि छ ।