फ्रेन्च टायर निर्माता मिसिलिन यो बर्ष पनि ब्रान्ड फाइनान्सले गरेको मूल्यांकनमा सर्वाधिक मुल्यवान टायर ब्रान्ड बनेको छ।
ब्रान्ड भ्यलुएसनमा विश्वकै अग्रणी मानिने यो कन्सल्टेन्सिले गरेको ब्रान्ड इन्डेक्समा मिसिलिनले ८५.८ अंक प्राप्त गर्दै उक्त स्थान हाँसिल गरेको हो।
सन् २०१८ देखि निरन्तर मूल्यवान टायर ब्रान्डको राख्न सफल यो ब्रान्डको मूल्य यो बर्ष बढेर सात हजार सात सय ३६ मिलियन डलर पुगेको छ। अघिल्लो बर्ष उक्त मूल्य छ हजार आठ सय ४८ मिलियन डलर रहेको थियो। मूल्यवान ब्रान्डको सूचीमा पहिलो स्थान ओगटेको मिसिलिनलाई अर्को जपनिज ब्रान्ड ब्रिजस्टोनले पछ्याइरहेको छ। ब्रिजस्टोनबिगत ५ बर्षयता सूचीको दोस्रो स्थानमा रहँदै आएको छ।
त्यसैगरी मिसिलिनले सन् २०२१ मा २५.९ बिलियन डलरको कारोबार गर्दै सर्बाधिक बिक्री हुने ब्रान्ड बनेको थियो। बिक्रीमा पनि यसलाई ब्रिजस्टोनले पछ्याउँदै दोस्रो स्थान ओगटेको छ। कोरोना महामारीको असहज परिस्थितिका बाबजुद पनि मिसिलिनले बजारमा राम्रो स्थान पाइरहेको कम्पनीको दावी छ।
अत्याधुनिक प्रविधिको प्रयोग गरी उत्पादनहुने कारण मिसिलिनले विश्व बजारमा प्रिमियम तथा उच्च गुणस्तरीय टायर ब्रान्डको पहिचान बनाएको कम्पनीको दावी छ।
नेपालमा यसको टु ह्विलर, प्यासेन्जर कार, कमर्सियल भेहिकल र हवाई जहाज सम्ममा प्रयोग गर्न मिल्ने टायर उपलब्ध छ। अटोमोबाइल कम्पनी सिप्रद्धी अटो पार्टस्ले यसको आयत गरी कारोबार गरिरहेको छ।