चौधरी ग्रुपअन्तर्गत सिजी ब्रुअरीले नेपाली बजारमा नेपाल आइस पिल्स्नर बियर ल्याएको छ। नेपालमा सर्वाधिक लोकप्रिय ‘बियर नेपाल आइस ब्राण्डअन्र्तगत पिल्स्नर बियर उत्पादन गरिएको कम्पनीले बताएको छ।
बजारमा उपलब्ध अन्य पिल्स्नर बियरभन्दा यो फरक तथा उत्कृष्ट स्वादमा रहेको कम्पनीको दावी छ।
सिजी ब्रुअरीले समय अनुसार फरक स्वादमा बियर उत्पादन गर्दै आएको छ। पिल्स्नरले उपभोक्तामो मन जित्नेमा विश्वस्त रहेको कम्पनीको भनाई छ।
यो बियर ६५०मिलिलिटर प्रतिबोतल उपभोक्ता मुल्य ३४० तोकिएको छ। ३३० मिलिलिटरको बोत्तलको मूल्य १७५ रुपैयाँ कायम गरिएको छ।