पोलिमर पाइपिङ प्रणालीको अग्रणी उत्पादक तथा निर्यातकर्ता मंगलम इण्डस्ट्रिजले सातौँ नेपाल बिल्डकन एक्स्पोमा ‘मंगलम वायर सेफ’ लन्च गरेको छ। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सञ्चारकर्मीहरुको उपस्थितिमा वायर सेफको अनावरण गरेकी हुन्।
शुक्रबारदेखि आइतबारसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको एक्स्पोमा मंगलम वायर सेफ पनि सहभागी छ।
यसले निकै सुरक्षित वातावरण तय गर्ने विश्वास लिइएको छ। विद्युतीय जोखिमबाट समेत बचाउने विश्वास छ।
मंगलमका सबै उत्पादनहरु जापानी कच्चा पदार्थ र जर्मन प्रविधि प्रयोग गरेर नेपालमा बनाइन्छ।
मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कामका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ।