नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले उपभोक्तालाई अनावश्यक रूपमा खानेतेल मौज्दात नराख्न आग्रह गरेको छ। विषम परिस्थितिमा हल्ला र भयको भरमा तेल मौज्दात नराख्न उपभोक्ताहरूलाई आग्रह गरेको हो।
कृतिम मूल्य वृद्धि नगरी उद्योगहरूसँग कच्चा तेलको मौज्दात र उपलब्धता रहेसम्म आपूर्तिमा कुनै कमि नहुने संघले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ।
विज्ञप्तिमा संघले विश्व बजारमा कच्चा तेलको मूल्य बढेकाले खाने तेलको मूल्य बढेको बताएको छ। संघमा हाल २२ वटा प्रशोधित खाने तेल उत्पादन उद्योगहरू आबद्ध छन्।
उद्योगलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, सनफ्लावर तेल, तोरीको गेड सतप्रतिशत ब्राजिल, अर्जेटिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरूबाट आयात गर्नु पर्छ।
क्रुड सनफ्लावर शतप्रतिशत, तोरीको गेडा ६० देखि ८० प्रतिशत युक्रेनबाट आयात हुने गरेको छ।
दक्षिण अमेरिकामा भएको भिषण सुख्खामय, मलेसिया इन्डोनेसियामा भएको श्रमिकको समस्या र खराब मौसमले ४० प्रतिशत बाली बिग्रेको कारणले क्रुड खाने तेलहरूो मूल्य जनवरीमै ऐतिहासिक बिन्दूमा पुगिसकेको थियो।
रूस र युक्रेनको द्वोद्वले खाने तेलको मूल्यलाई झनै बढावा दिएको छ। बैंकहरूको ब्याजदरमा भएको वृद्धिका कारण समेत करिब तीन प्रतिशतको हाराहारीमा मूल्य वृद्धि हुन गएका संघले बताएको छ।