भुक्तानी प्रणली सेवा प्रदायक ई-सेवामार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ। ई-सेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको निःशुल्क इन्टरनेट प्राप्त गर्न सकिनेछ।
त्यस्तै, मेरो स्कुलको तीन महिनाको निःशुल्क सब्सक्रिप्सन गर्न सकिनेछ भने किड्स् इन्साइडर म्यागेजिनको एक वर्षको निःशुल्क सब्सक्रिप्सन गर्न सकिनेछ। ई-सेवा मार्फत देशभरका चार हजार भन्दा स्कुलको शुल्क भुक्तानी गर्न सकिनेछ।
हल ई-सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले ई-सेवा मार्फत सेवा लिइरहेका छन्। हाल ई-सेवाका देशभर करिब १ लाख ४० हजार एजेन्ट (ई-सेवा जोन तथा पोइन्ट) छन्।
ई-सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत सहजता पुर्याएको छ। ई-सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।
ई-सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।