प्यारासुट नेचुरल स्याम्पूले अभिनेत्री आँचल शर्मा दवाडीलाई नयाँ क्याम्पेनको लागि ब्रान्ड एम्बेसेडर (सद्भावना दुत) को रुपमा अनुबन्ध गरेको छ। योसँगै ब्रान्डका सम्पूर्ण स्याम्पूका रेन्जहरू शर्माले प्रचार गर्नेछिन्।
अभिनेत्रीको रुपमा सफल आँचल शर्माले विभिन्न हेयरस्टाइल र ट्रिटमेन्ट गराइ राख्नुपर्ने हुन्छ, जसले गर्दा उनलाई दैनिक हिसाबमा आफ्नो कपालको बनावट र नरमीपना कायम राख्न गाह्रो हुन्छ। प्राकृतिक गुणहरूद्वारा तयार पारिएको प्यारासुट नेचुरल स्याम्पूले कपाललाई नियमित रुपमा रेशमी, चम्किलो र बलियो राख्न मद्दत गर्छ।
उत्पादनलाई प्रचार गर्नु अघि आँचलले स्याम्पू प्रयोग गरी हेरेकी थिइन्। र, दैनिक कपाल पोषणका लागि उनले प्यारासुट अत्यन्तै प्रभावकारी पाएको बताइन्।
प्यारासुट नेचुरल प्राकृतिक प्याराबेन फ्री स्याम्पू हो जुन ३ भेरियन्टमा उपलब्ध छ। प्यारासुट नेचुरल स्याम्पूको प्रत्येक भेरियन्टमा नरिवलको दूध प्रोटिनको गुण समावेश छ। यसले कपाललाई जरासम्म पोषण प्रदान गर्न र बलियो बनाउनका लागि उपयुक्त मानिन्छ।
नेचुरल स्याम्पूको प्रत्येक भेरियन्टमा विशेष प्राकृतिक गुणहरू पाइन्छ। कपाललाई रेशमी र मोइस्चराइज गर्नका लागि एलोभेराको गुण समावेश छ। त्यसैगरी, एन्टी-हेयर फल भेरियन्टमा हिनाको प्राकृतिक गुण छ, जसले कपाललाई बाक्लो बनाउन मद्दत गर्छ। ड्यामेज रिपेयर भेरियन्टमा हिबिस्कस हुन्छ जसले कपाललाई नरम बनाउँछ।
प्यारासुट नेचुरल स्याम्पूको नयाँ क्याम्पेनले कपालको हेरचाहका लागि स्याम्पू प्रयोगकर्ताहरूलाई 'केमिकललाई भनौं नो', 'नेचुरललाई भनौं एस' भन्ने नाराका साथ उत्पादन बिक्रि सुरू गरेको थियो।
'सबैको जीवनमा स्याम्पूको विशेष भूमिका रहेको छ। त्यसैले सही स्याम्पू छनौट गर्नु निकै महत्वपूर्ण हुन्छ। नरिवलमा आधारित कपाल हेरचाह उत्पादनका लागि विश्वव्यापी रूपमा प्रख्यात प्यारासुटसँग आबद्ध हुन पाउँदा म निकै हर्षित छु,' स्याम्पूबारे बोल्दै आँचलले भनिन्।