सोनमले विन्टर सेल अफर सार्वजनिक गरेको छ। उक्त अफरअन्तर्गत सोनमका उत्पादनहरूमा ७० प्रतिशतसम्म छुट हुँदैछ। यो विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ।
चैत्र १ गतेदेखि चैत्र १७ गतेसम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनमले विन्टर सेल अफर सार्वजनिक गरेको हो। यस योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको हो।
सोनममा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन छन्।
सोनमको सोरुमहरू काठमाडौंमा ठमेलको क्वाबहाल, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिबुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, नाम्चे तथा पोखराको लेकसाइड र न्युरोडमा छन्।