जिमी ग्रुप प्रालिले सोमबार नेपाली बजारमा नयाँ ब्रान्ड र स्वादको वाइन सार्वजनिक गरेको छ। नेपाली वाइन पारीहरूको स्वादलाई मध्यनजर गर्दै जिमी ग्रुपले इटालियन 'जिमी गोसे' बजारमा ल्याएको हो।
कम्पनीले अंगुरबाट बनेको उच्च गुणस्तर, स्वाद र सुगन्धसहितको 'ह्वाइट' र 'रेड' वाइन बजार भित्र्याएको हो। ७५० एमएलको आकर्षक बोतलको प्याकिङमा रहेको उक्त वाइनमा १३ प्रतिशत अल्कोहन (रक्सी) छ।
अन्तर्राष्ट्रिय स्तरको गुणस्तर सहितको जिमी गोसे वाइनलाई उच्चतम प्रविधिको प्रयोग गरी विश्व चर्चित वाइन उत्पादक कम्पनीद्वारा उत्पादन गरिएको हो। जिमी गोमे वाइनको देशभरको बजार व्यवस्थापनको जिम्मा मस्टा ग्रुप प्रालिले लिदैँछ।
अन्तर्राष्ट्रिय स्तरको प्रविधि र गुणस्तरबाट बनेको यस इटालीयन वाइनले नेपाली बजारमा छिटै र छुट्टै पहिचान बनाउने विश्वास कम्पनीले लिएको छ।