आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्धनका लागि नेपाल पर्यटन बोर्डले (बोर्डर टुरिजम) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट सुरू गरेको छ।
यसैक्रममा पर्यटन बोर्डले २०७८ चैत्र ११ देखि १३ गतेसम्म प्रदेश नम्बर १ को धरानमा इस्टर्न ट्रावल मार्ट आयोजना गर्ने भएको छ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिए।
विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायीक गतिविधिहरूको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत-बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट’ को आयोजना गरिएका रेग्मीले बताए।
यसै सन्दर्भमा नेपालगंज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिहरूको प्रवर्धन गर्ने उद्देश्यका साथ बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा नेपालगञ्जमा गत फाल्गुन २६, २७ र २८ गते सम्पन्न भएको छ। यस मार्टमा नेपालगञ्ज शहरलाई ‘गेटवे कर्णाली’ को रूपमा प्रवर्धन गरिएको थियो।
त्यसैगरी धरान उपमहानगरपालिकासँगको सहकार्यमा प्रदेश नं. १ को धरानमा यही चैत्र ११, १२ र १३ गते इस्ट टुरिजम मार्ट २०२२ र धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमा यही चैत्र २५, २६ र २७ गतेमा फारवेष्ट ट्राभल मार्ट २०२२ आयोजना गर्न लागिएको पर्यटन बोर्डले जानकारी दिएको छ।
प्रदेश नं. १ को समग्र पर्यटन गतिविधि तथा गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार गर्ने उदेश्यका साथ धरानमा यो मार्ट आयोजना हुन गइरहको इष्ट टुरिजम मार्टका संयोजक भवेष कुमार श्रेष्ठले जानकारी दिए।
उनकाअनुसार धरानमा सन् २०१८ देखि नै मार्ट आयोजना हुँदै आएको छ। इष्ट टुरिजम मार्ट २०२२ यसको तेस्रो संस्करण हो।
यसैगरी चैत्र २५, २६ र २७ गते धनगढीमा आयोजना गर्न लागिएको फारवेष्ट ट्राभल मार्ट २०२२ मा ब्युटिफुल फारवेस्ट सुक्ला टु अपिसैपालको ब्रान्डिङ गरी सुदूरपश्चिमको प्रवर्धन गरिने बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिए।
यी मार्टहरूमा नाट्टाका प्रदेशस्तरीय च्याप्टरहरूका साथै स्थानीय पर्यटन सम्बद्ध संस्थाहरूको सक्रिय सहभागीता छ।
यी मार्टहरूमा सिमावर्ती भारतीय शहरका टुर अपरेटरहरूलाइ क्रेताको रुपमा सहभागी गराई नेपालका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवाप्रदायकहरू बीच यस क्षेत्रका टुर प्याकेजहरू बिक्रीप्रवर्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया हुनेछ।
यी मार्टहरूमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरूले आकर्षक स्टलहरूका साथ प्याकेजहरूको प्रवर्धन गर्ने बोर्डका वरिष्ठ निर्देशक ऐरले बताए।
यी मार्टहरूमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरूले आकर्षक स्टलहरूका साथ प्याकेजहरूको प्रवर्धन गर्नेछन्।
स्थानीय साँस्कृतिक झाँकी, साँस्कृतिक प्रस्तुति र फुड स्टलहरू मार्टको आकर्षणका रुपमा रहेका छन्। स्थानीय साँस्कृतिक झाँकी, साँस्कृतिक प्रस्तुति र फुड स्टलहरू मार्टको आकर्षणका रुपमा रहेको आन्तरिक पर्यटन प्रवर्धनका लागि सातै प्रदेशका पर्यटकीय आकर्षणहरू झल्किने पेभिलियन निर्माण गरी प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिहरूबीच टुर प्याकेजहरूको आदानप्रदान हुनेछ।