विराटनगरमा ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर’ हुने भएको छ। एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसले विराटनगरमा मंगलबार एक दिने एकजुकेशन फेयर गर्ने भएको हो।
एकजुकेशन फेयरमा अस्ट्रेलिया, क्यानेडा, संयुक्त अधिराज्य र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूको सहभागिता रहने एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेस् विराटनगरका निर्देशक अनुभव दाहालले बताए।
एक दिने शैक्षिक मेलामा विभिन्न देशका १५ वटा विश्वविद्यालय तथा कलेजहरूको प्रत्यक्ष रूपमा सहभागिता हुने उनले जानकारी दिए।
‘विद्यार्थीहरूको लागि यो शैक्षिक मेला बहुउपयोगी हुनेछ,’ कार्यकारी दिर्नेशक कमल तिम्सिनाले भने, ‘एउटै छानामुनि हुने शिक्षिक मेलामा विद्यार्थीहरूले विभिन्न देशको विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष रूपमा त्यहाँको विश्विद्यालयको बारेमा जानकारी पाउनेछन्। त्यसैले यो शैक्षिक मेला परामर्शको लागि उपयोगी हुने हामीले विश्वास लिएका छौं।’
नेपालका प्रमुख सहरहरू धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, हेटौंडामा शैक्षिक मेला गरेपछि विराटनगरमा पनि आयोजना गर्न लागेको निर्देशक दाहालले बताए।
‘विगतका वर्षहरूमा पनि एक्सपर्टले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भनेर विभिन्न शैक्षिक मेला र गोष्ठीहरू गर्दै आएको थियो,' उनले भने। उनका अनुसार यस्ता मेला र गोष्ठीबाट हजारौं विद्यार्थीहरू लाभान्वित भएका छन्।
शैक्षिक मेलामा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसका सद्भावना दुत पारस खड्कासँग संवाद गर्न सक्ने व्यवस्था मिलाएको आयोजकले जनाएको छ।
नेपालका प्रमुख १६ सहरमा र विश्वका १३ देशका ४५ भन्दा बढी सहरमा एक्सपर्ट एजुकेशनका शाखाहरू संचालनमा छन्।