कोका-कोला नेपालले आफ्नो पेय पदार्थको सूचीमा नयाँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार अब नेपाली उपभोक्ताहरूले यो क्रिस्प स्पार्क्लिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्नेछन्।
नयाँ स्वादसँगै फ्यान्टाले नयाँ डिजिटल भिडिओ पनि सार्वजनिक गरेको छ, जसले उपभोक्ताहरूको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्धेश्यलाई प्रतिविम्बित गरेको छ। यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा हो जसमा डिजिटल भिडिओहरू, प्रिन्ट विज्ञापनहरू र ओओएच (आउट अफ होम) आदि समावेश छन्।
नयाँ फ्यान्टा एप्पल सार्वजनिक गर्दै कोका-कोला नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले भने, 'फ्यान्टा त्यस्तो मानिसहरूको लागि हो जसलाई रमाइलो गर्न मनपर्छ। यो नयाँ फ्यान्टा एप्पलले दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ती ल्याउन सहयोग गर्छ।'
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले उपभोक्ताहरूको बदलिँदो स्वाद र रोजाइअनुसारको पेय पदार्थ सार्वजनिक गर्न सधैं प्रयासरत रहेको बताए।
फ्यान्टा एप्पलसँगै नेपालमा अब फ्यान्टाको अरेन्ज (सुन्तला) र एप्पल (स्याउ) गरी दुई वटा स्वाद उप्लब्ध हुनेछ। फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध छ।