सुनसरीको दुहबीमा सञ्चालित श्री पशुपति बिस्कुट इन्डस्ट्रिज प्रालि १५ दिनका लागि बन्द गरिएको छ।
चौधरी ग्रुपको इतिहाससँग जोडिएको यो बिस्कुट उद्योगको उत्पादन प्रक्रिया १५ दिनका लागि बन्द गरिएको हो।
बिस्कुट पकाउने ओभनहरू जोडिएका मेसिनहरूको मर्मतसम्भार र सरसफाईको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको बिएलसी होल्डिङ प्रालिका संस्थागत संचार विभाग प्रमुख सोमनाथ बास्तोलाले बताए। यसै विषयमा कम्पनीले मंगलबार विज्ञप्ति पनि जारी गरेको छ।
श्री पशुपति बिस्कुट इन्डस्ट्रिज प्रालि वि.सं २०३० सालबाट सञ्चालित छ।