वसन्त ऋतुमा हिमाल चढ्नका लागि हालसम्म तीन सय ६६ जनाले अनुमति लिएका छन्।
पर्यटन विभागकाअनुसार १५ वटा हिमाल चढ्नका लागि गत मंगलबारसम्म तीन सय ६६ जनाले अनुमति लिएका हुन्। जसमध्ये दुई सय ८१ जना पुरुष र ८५ जना महिला रहेका छन्।
आरोहणका लागि लिइएको अनुमतिबाट १९ करोड ९० लाख ७० हजार रुपैयाँको राजस्व संकलन भएको छ।
यो सिजनमा हालसम्म सगरमाथा आरोहरणका लागि सबैभन्दा धेरैले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि १६ वटा समूहका एक सय ३८ जनाले अनुमति लिएका छन्। जसमा एक सय ५ जना पुरुष र ३३ जना महिला रहेका छन्।
त्यस्तै, आमादाव्लाम लागि २९, हिमलुङका लागि १६, धवलागिरिका लागि २१, ल्होत्सेका लागि ३३, कञ्चनजंघाका लागि १७, मकालुका लागि १५, मनास्लुका लागि ९, थापा पिक (धम्पुस)का लागि ६, गंगापूर्णका लागि २ जना र नुप्त्सेका लागि २३ जनाले अनुमति लिएका छन्।