शिवम् सिमेन्टका सञ्चालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल नेपाल व्यवस्थापन संंघ (एमएएन)को कार्यकारी बोर्ड सदस्यमा निर्वाचित भएका छन्।
शनिबार सम्पन्न नेपाल व्यवस्थापन संंघको ४१ औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक अध्यक्ष डा. सुरेन्द्र कुमार संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संंघको कार्यकारी बोर्डको सदस्य पदमा निर्वाचित भएको हुन्।
उक्त पदमा शिवम् सिमेन्ट दोस्रो पटक निर्वाचित भएको हो। यस अघि सन् २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी बोर्डको सदस्य पदमा निर्वाचित भएको थियो।