बुद्ध एयरको बोर्डिङ पासमा पोखराको अन्नपूर्ण केबलकार चढ्ने प्रत्येक यात्रुलाई १२ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
बुद्ध एयर र अन्नपूर्ण केबलकारबीच भएको सम्झौतामा बुद्ध एयरबाट पोखरा यात्रा गर्ने यात्रुहरूलाई प्रत्येक बोर्डिङ पासमा केबल कार आवतजावतमा आकर्षक छुटको प्याकेजको व्यवस्था गरिएको हो।
बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र अन्नपूर्ण केबलकारको प्रयोगमा मात्र यो सुविधा उपलब्ध छ।
बुद्ध एयरले काठमाडौंबाट दैनिक दशभन्दा बढी पोखराको उडान भर्दै आएको छ। त्यसैगरी, धनगढी, नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरबाट पनि पोखराको सिधा उडान गर्दै आएको छ।
एयरलाइन्सले नयाँ वर्ष २०७९ वैशाख २ गतेबाट भद्रपुरबाट पोखरा सिधा उडान गर्ने घोषणा पनि गरिसकेको छ। यी गन्तव्यहरूबाट पोखरा सिधा उडान भर्ने सबै यात्रुहरू यो योजनाबाट लाभान्वित हुनेछन्।
बुद्ध एयरसँग ७२ सिटे एटिआर-७२ जहाज ११ वटा, ४२ सिटे एटिआर-४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाजहरू छन्।