भुक्तानी सेवाप्रदायक इसेवामार्फत चैत ३० गते बुधवार ‘न्यू इयर इभ’का अवसरमा स्यान टु पेमार्फत भुक्तानी गर्दा शतप्रतिशत क्यासब्याक पाइने भएको छ।
सोहीदिन इसेवाको मोबाईल एप्स्मार्फत फोनपे नेटवर्कमा स्यान टु पे गर्दा सय जनाले अधिकतम दुई हजार ७९ रुपैयाँसम्म शतप्रतिशत क्यासब्याक पाइनेछ। साथै न्यू इयर इभका अवसरमा विभिन्न्न मर्चेन्ट, रेष्टुरेन्ट, क्लव, रिसोर्टलगायत हस्पिटालिटीमा भुक्तानीगर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ।
छुट प्राप्तहुने मर्चेन्ट तथा हस्पीटालिटीको सुची इसेवाको ब्लगमा राखिएको छ। साथै इसेवामार्फत भुक्तानीगर्ने व्यक्ति फोनपेको हेलिकप्टरमार्फत सगरमाथा घुम्न पाइने अफरमा समेत सहभागी हुनेछन् ।
फोनपे नेटवर्कमा न्यू इयर इभका दिन भुक्तानी गर्ने दश जना ग्राहक र १० वटा मर्चेन्टले हेलिकप्टरमार्फत विश्वकै अग्लो हिमाल सगरमाथा घुम्न पाउने छन्। भने नाम्चे बजार नजिकै रहेको होटल एभरेष्ट भ्यूमा ब्रेक फाष्ट गर्ने अवसर प्राप्तहुनेछ। यो योजनामा २९ गते राति १२ बजेदेखि ३० राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनेछन् । विजेता गोलाप्रथामार्फत घोषणा गरिनेछ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुलीतथाखानेपानीको महशुलभुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।