बुधबार भएको नेपाल व्यवस्थापन संंघ (एमएएन) को कार्यकारी बोर्डको बैठकबाट शिवम् सिमेन्टसका सञ्चालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल प्रथम उप-सभापति पदमा निर्विरोध निर्वाचित भएका छन्।
संंघको यहि चैत्र २६ गते काठमाडौंमा सम्पन्न भएको ४१ औं वार्षिक साधारण सभाको निर्वाचनबाट संस्थागत समूह तर्फबाट शिवम् सिमेन्ट सहित ६ जना र व्यक्तिगत समूह तर्फबाट ११ जना गरी १७ जना बोर्ड सदस्यमा निर्वाचित भएका थिए।
बोर्ड सदस्यहरू मध्ये उपेन्द्र पौड्याल अध्यक्षमा र डा. सुरेन्द्र कुमार गोयल प्रथम उप-सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्।
यस अघि सन् २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी बोर्डको सदस्य पदमा निर्वाचित भएको थियो।