फेयरफिल्ड बाइ मेरियट काठमाडौंले नेपाली नयाँ वर्ष २०७९ को उपलक्ष्यमा नेपाली खाना महोत्सव (नेपाली फुड फेस्टिभल) आयोजना गरेको छ।
दश दिनसम्म चल्ने उक्त महोत्सवमा नेपालका विभिन्न क्षेत्रका नेपाली परिकारहरू प्रदर्शन गरिने छ भने सेफ सन्तोष सुवेदीले नेतृत्व गर्ने छन्।
नेपाली खाना महोत्सव यही चैत्र ३० गते सुरू भएको छ भने यो २०७९ वैशाख १० गतेसम्म चल्नेछ। यो महोत्सवमा सहभागी हुन प्रति व्यक्ति दुई हजार चार सय रुपैयाँ पर्छ। जसभित्र बुफे खानासहित नेपाली पेय पदार्थको स्वाद लिन सक्नेछन्।
फेयरफिल्ड काठमाडौं सन् २०२१ अक्टोबरमा पुन: सञ्चालन गरेपछि आयोजना गरेको यो दोस्रो फूड फेस्टिभल हो। फेयरफिल्ड काठमाडौंले विगतमा पाकिस्तानी फुड फेस्टिवल, लखनवी फुड फेस्टिभल, थाई फुड फेस्टिभल जस्ता थुप्रै फुड फेस्टिभलहरू आयोजना गरिसकेको छ।