रन सुज इन्डष्ट्रिजले नयाँ वर्ष २०७९ को उपलक्क्षयमा नयाँ मोडलका जुत्ताहरू बजारमा ल्याएको छ।
कम्पनीले स्पोर्टस्मा मात्रै १५ नयाँ मोडलका जुत्ता बजारमा पुर्याएको छ भने पार्टी एवम् क्याजुअलको लागि १० नयाँ मोडलका जुत्ताहरू बजारमा ल्याएको छ।
स्पोर्टस् मोडल युवा लगायत हरेक उमेर समूहको लागि उपयुक्त डिजाइनमा छन्।
स्वदेशमै उत्पादित जुत्ता-चप्पलहरूको प्रयोगले स्वदेशी उत्पादनमा आत्मनिर्भर हुन सहयोग पुग्ने कम्पनीका अध्यक्ष रुद्र न्यौपानेले बताउँछन्।
रनका नयाँ मोडलका जुत्ताहरूमा उच्च गुणस्तरीय कच्चा पदार्थहरूको प्रयोग गरिएको छ। यो निकै आरामदायी हुनुका साथै सुलभ मूल्यमा समेत उपलब्ध हुने कम्पनीको भनाइ छ। रनका जुत्ताहरूमा ग्राहकहरूले ६ महिनाको वारेन्टी समेत पाउछन्।
रन सुजको उपत्यका भित्र पाँच वटा आधिकारिक सोरुमहरू छन्। त्यस्तै, उपत्यका बाहिर पोखरा, बुटवल, विराटनगर, बाग्लुङ्ग, नेपालगञ्ज, अत्तरिया, धनगढी लगायत स्थानहरू छ। यसबाहेक ७५ वटा जिल्लाहरूमा यो जुत्ताको बिक्रि-वितरण हुँदैछ।
कम्पनीका अनुसा रन सुजका उत्पादनहरू चाडै निर्यातको तयारीमा छ। कम्पनीले हाल ६ सयभन्दा धेरै मोडलका पार्टी जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, लोफर, स्कुल-कलेजका लागि जुत्ता तथा महिला तथा पुरुषको लागि चप्पल उत्पादन गरिरहेको छ।