कपडाहरूका लागि प्रसिद्ध अमेरिकन ब्रान्ड टोमी हिलफिगर नेपाल भित्रिएको छ। नेपालका लागि आरपी ग्रुपले पहिलो पटक यो ब्रान्ड नेपालमा ल्याएको हो।
मल्टी आउटलेट ब्रान्ड अन्तर्गत टोमी हिलफिगर ब्रान्डको आउटलेट ललितपुरको लबिम मलमा सञ्चालनमा आएको छ। बालबालिका, महिला र पुरुषहरूका लागि टोमी हिलफिगर प्रसिद्ध छ।
अन्तर्राष्ट्रिय ब्रान्डका पारखीहरूलाई मध्यनजर गरेर टोमी हिलफिगरको आउटलेट सञ्चालनमा ल्याइएको आउटलेट म्यानेजर राम केसीले बताए।
आरपी ग्रुपले नेपालमा अर्को प्रसिद्ध ब्रान्ड 'सेलियो' पनि भित्र्याउँदै छ। त्यसका लागि ग्रुपले दरबारमार्गमा आउटलेट बनाइरहेको छ।
यसले नेपालमा लुइस फिलिप, इन्डियन टेरियन, डब्लु ओरेलियो, रोसो ब्रुन्सेलो लगायतका अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याएर बिक्री-वितरण गरिरहेको छ।